Shikhar Insurance
National Life

२१ प्रतिशतले बढ्यो रेमिट्यान्स, शोधनान्तर स्थिति करिब साँढे ३ खर्ब बचतमा

सिंहदरबार संवाददाता
२०८० चैत्र २२, बिहीबार १७:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आवको फागुन मसान्त सम्मको तथ्याङ्क सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ । आयात २.७ प्रतिशत, निर्यात ४.० प्रतिशत र कुल वस्तु व्यापार घाटा २.५ प्रतिशतले घटेको छ ।

त्यस्तै रेमिट्यान्स नेपाली रुपैयाँमा २१.० प्रतिशतले र अमेरिकी डलरमा १८.८ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोडले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति १८ खर्ब ७२ अर्ब ८२ करोड र अमेरिकी डलरमा १४ अर्ब १४ करोड रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, नेपाल सरकारको खर्च ८ खर्ब १ अर्ब ५८ करोड र राजस्व परिचालन ६ खर्ब ३९ अर्ब ५ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ७.७ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.० प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.६ प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा ४.२ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ५.२ प्रतिशत रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्