Shikhar Insurance
National Life

सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम ३ अर्ब माथि

सिंहदरबार संवाददाता
२०८० चैत्र २२, बिहीबार १५:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.७३ अंकले घटेर २००४.०५ मा पुगेर बजार बन्द भएको छ ।

बिहीबार ३०२ कम्पनीको ६९ लाख ६३ हजार ३ सय ५९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३ करोड ७२ लाख ६७ हजार ३ सय ७ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहीबार सबैभन्दा धेरै गोरर्खज फाइनान्सको सर्वाधिक कारोबार भएकाे छ । कम्पनीको सेयर २३ करोड ३२ लाख ९१ हजार ६ सय १२ रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ९ सय १२ रुपैयाँ रहेको छ ।

साथै, आज १२८ कम्पनीको सेयर मूल्य घट्दा १०६ कम्पनीको सेयर मूल्य बढेको छ भने ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज ३ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । भने पिपुल्स पावरको सेयर मूल्य ७.२४ प्रतिशत घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्