Shikhar Insurance
National Life

बैंकहरू स्थानीय तहमा जाँदा राज्यले गरेको सहमति पालना भएन : अध्यक्ष केसी

सिंहदरबार संवाददाता
२०८० चैत्र २२, बिहीबार १८:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केसीले सरकारले बैंकहरुलाई स्थानीय तहमा पठाउँन गरेको भद्र सहमती पालना नगरेको बताएका छन् । अर्थ मन्त्रालयले स्थानिय तहमा जाने अनुदान निक्षेपमा गणना गर्न नपाउने व्यवस्था गरेपछि बैंकर्स संघले असन्तुष्ट पोखेको हो ।

बैकर्स संघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष केसीले स्थानीय तहमा बैंकहरु जाँदा विशेष व्यवस्था गर्छौ भनेर राज्य तहवाट कुरा आएको र अहिले बैंकहरु ७५२ स्थानिय तहमा पुगेको अवस्थामा राज्यले झन कसिलो नीति लिएको बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चैत्र मसान्त सम्म स्थानीय निकायको पैसालाई निक्षेपमा गणना गर्न पाउने व्यवस्था हटाउँदा बैंकहरूको निक्षेप केहि घटेको केसीले बताएका छन् ।

‘केहि दिन अघिमात्रै स्थानीय तहको १ खर्ब रुपैयाँ बैकिङ प्रणालीबाट झिकिएको छ । चैत महिनासम्म गणना गर्न पाउने व्यवस्था गरिएको थियो । तर, सरकारले त्यो भन्दा चाँडो नै निक्षप निकाल्यो।’ केसीले भने ।

बैंकहरु स्थानीय तहमा जाँदा कतिपय स्थानमा संचालन खर्च समेत नउठ्ने, व्यवसाय घाटामा हुने, लगायतको समस्या रहेको भन्दै केसीले भने ‘ कतिपय स्थानीय निकायमा व्यवसायिक हिसाबले बैंकहरुलाई घाटा रहेको छ, संचालन खर्च समेत उठ्दैन तारपनि हामी राज्यको सहयोगका लागि ७५२ स्थानीय तहमा पुगिसकेका छौं तर राज्यले यो देखेन । ’

केसीले नेपालको बैंकिङ प्रणाली सबल रहेको, करिब ५ खर्ब लगानी योग्य रकम रहेको तर पछिल्लो समयको आर्थिक शिथिलताले कर्जाको माग ब्याजदर निरन्तर घटाउँदा समेत नबढेको बताएका छन् । उनले भने, ‘बैंकमा लोन लिनेभन्दा डिपोजिट गर्नेको संख्या बढी छ । बैंकमा ५ खर्ब बढी रकम थुप्रिएको छ । बैंकमा कर्जाको माग कम हुनु चिन्ताको विषय हो, २०२४ मा कर्जाको ग्रोथ ४ प्रतिशत रहेको छ ।’

सरकारले अर्थतन्त्र बढाउने योजना ल्याएमा आफूहरु लगानी गर्न तयार रहेको बताउँदै केसीले भने ‘हामीसँग प्रसस्त लगानी योग्य रकम रहेको छ यदी सरकारले अर्थतन्त्र बढाउने योजना ल्याएमा हामी लगानी गर्न सक्षम छौं, कर्जा निक्षेपको अनुपात ८१ प्रतिशत वरिपरि नै छ जबकी ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाइन्छ त्यसैले राज्यको अर्थतन्त्र बढाउने योजनामा हामी लगानी गर्न सक्षम छौं ।’

साथै, केसीले सरकारले सौलियतपूर्ण कर्जा बापतको १२ अर्ब बैंकहरुलाई भुक्तानी गर्न बाँकि रहेको र पटक-पटक जानकारी गराउँदा समेत नदिएको बताएका छन् ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकिङ क्षेत्रमा कुनै समस्या नभएको बताएका छन् । श्रेष्ठले, बैंकहरुको ब्याज बृद्धिदरका कारणले क्रेडिट बढ्न नसकेको, कोभिडको असर समेत केहि परेको, र देशको अर्थतन्त्र चलायमान हुन नसक्दा नेपालको बैंकिङ क्षेत्र सोचेअनुसार माथि उठ्न नसकेको बताएका छन् ।

साथै, हाल नेपालको बैंकिङ क्षेत्र सुरक्षित रहेको तथा वजारमा फैलिएको हल्ला जस्तो परिस्थिती समेत नरहेको श्रेष्ठको दाबी थियो । कार्यक्रममा नेपाल बैकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले नेपालको बैंकिङ क्षेत्र तथा चालु अर्थतन्त्रक बारेमा प्रस्तुतिकरण दिएका थिए ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्