Shikhar Insurance
National Life

जुम्लामा निःशुल्क आँखा शिविर : ७ सयजना लाभान्वित, १ सयबढीको शल्यक्रिया

सिंहदरबार संवाददाता
२०८० चैत्र २२, बिहीबार १४:४५
Hyundai
NCELL
NIMB

जुम्ला । सदरमुकाम खलङ्गामा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा ७ सय ३९ जना लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति सङ्घ चन्दननाथ आँखा अस्पतालले आयोजना गरेको तीनदिने आँखा शिविरमा स्थानीयको आँखा जाँच गरिएको हो ।

रिड्ले आँखा फाउण्डेशन नेपालको आर्थिक सहयोग र हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा उक्त शिविर नेत्रज्योति सङ्घको प्राङ्गणमा सञ्चालन भएको सङ्घका सचिव दीपेन्द्रविक्रम हमालले जानकारी दिए । आँखा शिविर विशेषगरी ज्येष्ठ नागरिकलाई मध्यनजर गरेर सञ्चालन गरिएको थियो । शिविरमा ४० वर्षभन्दा माथि उमेर समूहका नागरिकको सहभागिता रहेको सचिव हमालले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनका अनुसार आँखाको जाँच गरिएकामध्ये एक सय २७ जनाको आँखाको शल्यक्रिया गरिएको छ । शिविरमा डा कृष्णा गुरुङ र राजेश शर्माले आँखा शिविरमा जाँच तथा शल्यक्रिया गरेको सचिव हमालले बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्