Shikhar Insurance
National Life

लगानी बोर्डले स्वीकृत गर्यो हाइड्रो र सिमेन्ट उद्योगमा १ खर्ब ६ अर्ब लगानी

सिंहदरबार संवाददाता
२०८० चैत्र २२, बिहीबार १४:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । लगानी बोर्डले १ खर्ब ६ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकले उर्जा सम्बन्धि उद्योगको ९९ अर्ब ८१ करोड र हुवासिन सिमेन्टको ६ अर्ब ६३ करोड लगानी स्वीकृत गरेको हो । बोर्डका अनुसार सुपर तमोरको ३४ अर्ब ५ करोड, अप्पर मोदीको १० अर्ब ८ करोड लोवर मनाङ मर्स्याङदीको ३३ अर्ब ४१ करोड लगानी स्वीकृत भएको छ । यस्तै सोलार इनर्जीको २१ अर्ब १० करोड लगानी स्वीकृत भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हुवासिनले ६ अर्ब ६३ करोड लगानी थप गर्न बोर्डमा निवेदन दिएकफो थियो । सो निवेदन बिहिबार बसेको बोर्ड बैठकले स्वीकृत गर्ने निर्णय गरेको हो । उद्योग धादिङको बेनिघाट रोराङ गाउपालिकामा अवस्थित छ। निर्माणाधिन उद्योगमा बाढी पस्दा कम्पनीले ठूला क्षति बेहोर्नु परेको थियो । यस्तै कोभिडको प्रकोपले पनि उद्योग संचालनमा थप लागत बढेको थियो ।

बाढी र कोभिडले नै कम्पनीको लागत बढेको कम्पनीका निर्देशक डिल्लिराज पोख्रेलले बताए । निर्देशक पोख्रेलले भने ‘बाढी र कोभिडले यद्योगको लागत बढाएको थियो, सो लागत अनुसार लगानी बढाउने प्रस्ताव बोर्डमा पेश गरेका थियौं बोर्डले स्वीकृत गरेको छ ।’

कम्पनीले यसअघि १४ अर्ब लगानी गरिसकेको छ । अब थप लगानी स्वीकृत भएसँगै उद्योगको लगानी २० अर्ब ६३ करोड पुगेको छ । लगानी सम्मेलन अघि बोर्डले ठूलो रकमको लगानी स्वीकृति गरेको हो ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्