काठमाडौं । हुवासिन सिमेन्टको थप लगानी स्वीकृत भएको छ । लगानी बोर्डले कम्पनीको थप लगानी स्वीकृत गरेको हो ।
कम्पनीले ६ अर्ब ६३ करोड लगानी थप गर्न बोर्डमा निवेदन दिएकफो थियो । सो निवेदन बिहिबार बसेको बोर्ड बैठकले स्वीकृत गर्ने निर्णय गरेको हो । उद्योग धादिङको बेनिघाट रोराङ गाउपालिकामा अवस्थित छ।
निर्माणाधिन उद्योगमा बाढी पस्दा कम्पनीले ठूला क्षति बेहोर्नु परेको थियो । यस्तै कोभिडको प्रकोपले पनि उद्योग संचालनमा थप लागत बढेको थियो ।
बाढी र कोभिडले नै कम्पनीको लागत बढेको कम्पनीका निर्देशक डिल्लिराज पोख्रेलले बताए । निर्देशक पोख्रेलले भने ‘बाढी र कोभिडले उद्योगको लागत बढाएको थियो, सो लागत अनुसार लगानी बढाउने प्रस्ताव बोर्डमा पेश गरेका थियौं बोर्डले स्वीकृत गरेको छ ।’
कम्पनीले यसअघि १४ अर्ब लगानी गरिसकेको छ । अब थप लगानी स्वीकृत भएसँगै उद्योगको लगानी २० अर्ब ६३ करोड पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्