Shikhar Insurance
National Life

गठबन्धनको सरकारले राजनीतिक स्थिरता हुन सक्दैन : नेता कोईराला

सिंहदरबार संवाददाता
२०८० चैत्र २२, बिहीबार १३:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका नेता डा.शेखर कोईरालाले गठबन्धनको सरकारले राजनीतिक स्थिरता हुन नसक्ने बताएका छन । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने ‘देशमा स्थिरता दिन र विकास गर्न नेपाली काँगेस र नेकपा एमाले एक ठाउँमा उभिनुपर्ने देखिन्छ ।’ उनले अहिले देश अफ्ठ्यारो परिस्थितिमा रहेको बताए । उनले गठबन्धनको सरकारले देशको आर्थिक विकास हुने सम्भावना नरहेको जिकिर गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले स्थिर सरकार दिनुपर्ने जरुरी भइसकेको बताए । उनले विगतका अनुभव हेर्दा पनि नेपाली काँग्रेस र नेकपा एमाले मिलेपछि मात्रै संविधान बनेको भन्दै उनले देशलाई विकास गर्न नेकपा एमाले र काँग्रेस मिल्नुको विकल्प नरहेको बताए ।

कोशी प्रदेश सरकार अब के हुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले अहिलेको कोशी सरकार संविधानको धारा ५ बाट बनेको हो भन्ने हेक्का राख्नुपर्ने बताए । कोशी सरकार विघटन भए मध्यावदीमा जाने स्पष्ट रहेको बताए । उनले अहिले कोशी प्रदेश सरकार अल्पमतमा नरहेको र समर्थन फिर्ता लिएपछि पनि राजीनामा दिने वा नदिने भन्नेकुरा नैतिकताको कुरा रहेको बताए । उनले राजीनामा नै दिनुपर्छ र विश्वासको मत लिनुपर्छ भन्ने नरहेको जिकिर गरे ।

न्युज एजेन्सी नेपाल

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्