Shikhar Insurance
National Life

बाली प्रवर्द्धन गर्न जुम्लामा ‘कृषि कचहरी’, बजेट विनियोजनमा जोड

सिंहदरबार संवाददाता
२०८० चैत्र २२, बिहीबार १२:०२
Hyundai
NCELL
NIMB

जुम्ला । स्थानीय बाली विकासका निम्ति जुम्लामा बुधबार ‘कृषि कचहरी’ भएको छ । कृषि कचहरी सदरमुकाम खलङ्गा बजारमा किर्डाकको आयोजनामा भएको हो ।

बृहत् कृषि कचहरी गैरसरकारी संस्था कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक गोविन्द शाहीले भने,“कृषिका विषयमा सङ्घीय, प्रदेश र स्थानीय तहमा के कस्ता नीति बनेका छन् यसको कसरी कार्यन्वयन भएको छ । आगामी दिनमा के कस्तो नीति बनाउनुपर्छ भन्ने विषयमा कचहरीमा बृहत् छलफल भएको छ ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

सबै तहका सरकारका लागि कृषिसम्बन्धी नीति निर्माणमा कचहरीबाट योगदान पुग्ने विश्वास उनले व्यक्त गरे । सरकारले आउँदो आर्थिक वर्षको बजेटमा कर्णालीको कृषिका निम्ति पर्याप्त बजेट विनियोजन गर्दै दीर्घकालीन कृषि योजना सार्वजनिक गर्नुपर्नेमा सहभागीले जोड दिएका थिए ।

निःशुल्क आँखा शिविर
यसैबीच, खलङ्गामा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा सात सय ३९ जना लाभान्वित भएका छन् ।

नेपाल नेत्र ज्योति सङ्घ र चन्दननाथ आँखा अस्पताल जुम्लाले आयोजना गरेको शिविरमा स्थानीयवासीले नेत्र परीषण गराएका थिए । हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

नेपाल नेत्रज्योति सङ्घ जुम्लाका अनुसार शिविरमा सात सय ३९ जनाको परीषण गरिएकामा एक सय २७ जनाको शल्यक्रिया गरिएको थियो । बुधबार सम्पन्न भएको तीनदिने शिविर डा कृष्णा गुरुङ र राजेश शर्माको अगुवाइमा सञ्चालन भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्