काठमाडौं । नेकपा(एमाले)का उपाध्यक्ष भिम रावलले प्रधानमन्त्री केपी ओलीलाई सत्ताच्युत गर्न आफुहरुले सांसद पदबाट राजीनामा दिने बताएका छन् । बुधबार ट्वीट गर्दै उपाध्यक्ष रावलले ओलीका अवाञ्छित गतिबिधी रोक्न लागि आफुहरुले असाधारण कदम चाल्नुपर्ने समय आएको र त्यसका लागि सांसद पदबाट राजीनामा गर्ने बताएका हुन् ।
ओलीलाई पदच्युत गर्न राजीनामा गर्ने कुरा राजनैतिक र नैतिक रुपले पनि ठिक कदम हुने उनले दावी गरेका छन् ।
असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ।थप राष्ट्रिय हित,पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रमं केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ।त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ।यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।
— Bhim Rawal, PhD (@BhimRawal179) May 12, 2021
प्रतिक्रिया दिनुहोस्