काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले विभिन्न शाखाको लागि शाखा प्रमुख माग गरेको छ । कम्पनीले बिहीबार एक सूचना प्रकाशन गर्दै तीन प्रदेशको लागि कर्मचारी माग गरेको हो ।
कोशी प्रदेशको भोजपुर, बिराटनगर, खाँदावारी, ओखलढुङ्गा , बागमती प्रदेशको बत्तीसपुततली, महाराजगंज, चनौली, कालीमाटी, हात्तिगौडा, फर्पिङ र लुम्बिनी प्रदेशको लागि बर्दघाट, रामपुर (पाल्पा), जीतपुरको लागि शाखा प्रमुख माग गरेको छ ।
उक्त पदको लागि शैक्षिक योग्यता स्नातक तह उत्तिर्ण गरी जीवन बीमा बैंक तथा संस्था वा अन्य क्षेत्रमा बजार प्रवर्धन सम्बन्धी कार्याअनुभव भएको व्यक्तिहरुलाई मान्यता दिनेछ ।
साथै, योग्यता पुगेका इच्छुक व्यक्तिहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ७ दिनभित्र इच्छुक शाखा उल्लेख गरी कम्पनीको इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्