काठमाडौं । कुमारी बैंकले लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनीको नाममा रहेको ४ हजार ४४ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
बैंकले सेयरधनी नन्दे बिष्टको नाममा रहेको १ हजार १ सय ८, मोहन बहादुर गुरुङको नाममा रहेको १ हजार २ सय ७ र राम बहादुर बुढाको नाममा रहेको १ हजार ७ सय २९ कित्ता गरी जम्मा ४ हजार ४४ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
सेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । सेयर खरिदको पहिलो हकदार भएकाले सेयर खरिद गर्न इच्छुकहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड नक्सालमा आईपुग्ने गरी निवेदन पेश गर्नु पर्ने छ ।
सो समयअवधिभित्र सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नपरेमा प्रचलित कानुन बमोजिम सर्वसाधारणमा सेयर बिक्री प्रकृया अगाडि बढाउने बैंकले सूचनामार्फत् जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्