काठमाडौं । आज(बिहिबारी) सुनको मूल्य १ हजारले बढेर प्रतितोला १ लाख ३४ हजार पुगेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ३३ हजार रुपैयाँ रहेको थियो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुनको मूल्य १ लाख ३३ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ भने अघिल्लो दिन सुनको मूल्य १ लाख ३२ हजार ३ सय ५० रुपैयाँ रहेको थियो । आज तेजावी सुनको मूल्य पनि १ हजार रुपैयाँ बढेको छ ।
साथै, बिहिबार चाँदीको मूल्य ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय ५० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी १ हजार ६ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्