Shikhar Insurance
National Life

१५ भन्दा बढी सचिव फेर्दा कसरी जोगिए अर्थ सचिव पुष्कर, दूतावासदेखि डोनर एजेन्सीको दबाब

सिंहदरबार संवाददाता
२०८० चैत्र २२, बिहीबार ०९:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । चैत १५ गते बिहिबार मन्त्रिपरिषद बैठकले सचिवहरुको सरुवा गर्ने निर्णय गर्‍याे । मन्त्रिपरिषद बैठकको निर्णय अनुसार मुख्य सचिव बैकुण्ठ अर्यालले सबै मन्त्रालयहरुसँग अनौपचारिक दरखास्त आव्हान गरे ।

सो दरखास्त आव्हानमा धेरै जसो मन्त्रीहरुले आफू अनुकुल सचिव माग गरे र लिएर गए । तर अर्थमन्त्री वर्षमान पुन भने निरिह बने । पदभार ग्रहण गरेकै दिन कर्मचारीहरुको सेट नै परिवर्तन गर्ने बताएका मन्त्री पुनले दुवै सचिव फेर्न सकेनन् । उल्टो पुरानै सचिव राखेर बजेट टिम घोषणा गर्न बाध्य भए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पुरानो सरकार भत्काएर नयाँ सरकार गठन गर्न महत्वपुर्ण भुमिका खेलेका पुन मन्त्रालय संचालनमा भने कमजोर देखिएका छन् । उनले चाहे अनुसार टिम सेट गर्न नसक्दा मन्त्रालयमा उनी प्रभावशाली देखिन सकेका छैनन् ।

अर्थ सचिव डा. कृष्णहरि पुष्करले शक्तिकेन्द्र रिझाएपछि उनी सरुवा हुनबाट जोगिएका हुन् । स्रोतका अनुसार केहि समयअघि सचिव पुष्करलाई भारतीय दुतावासबाट खाना खाने निम्तो आएको थियो । दुतावासको निमन्त्रणा अनुसार पुष्कर लैनचौर जानुपर्ने थियो । तर उनले विवादित हुन सक्ने भन्दै होटल  र्‍याडिसनमा बस्ने प्रस्ताव गरे । सोहि बमोजिम दुतावास उच्च अधिकारीहरुले र्‍याडिसन होटलमै भेटघाटको माहोल बनाए ।

मन्त्रालय स्रोतका अनुसार मन्त्री पुनलाई बधाई दिन सबैभन्दा पहिले भारतीय राजदुत नविन श्रीवास्तव अर्थमन्त्रालय पुगेका थिए । जसको चाजोपाजो सचिव पुष्करले नै मिलाएका थिए । मन्त्री आएको केहि दिनमै सचिव पुस्कर १० दिने अमेरिका भ्रमणमा निस्किए यसमा मन्त्री पुन खुशि थिएनन् । सचिव पुष्कर अमेरिकामै रहँदा सरुवा गर्ने योजना मन्त्री पुनले बनाएका थिए । तर पुष्करले शक्ति केन्द्रको प्रयोग गरेपछि मन्त्री पुनको केहि लागेन ।

मन्त्रालय स्रोत अनुसार पुस्करले सरुवा रोक्नका लागि दुतावास मार्फत प्रधानमन्त्री कार्यालयसम्म नै दबाब बढाएका छन् । मन्त्रालय स्रोतले सिंहदरबारसँग भन्यो ‘सचिवलाई सरुवा गर्ने मन्त्रीज्यूको चाहाना छ, तर उहाँको चाहानाले काम गरिरहेको छैन, उहाँ (सचिव पुष्कर) शक्ति केन्द्र रिझाउन सिपालु हुनुहुँदो रहेछ, कहिले दुतावास त कहिले डोनर एजेन्सी प्रयोग गरिरहनु हुन्छ ।’

ती अधिकारीका अनुसार अर्थ सचिव नफेर्न विश्व बैंकको नेपाल हर्ने प्रतिनिधिहरुले समेत दबाब दिइरहेका छन् ।

ती अधिकारीले थपे ‘डोनर एजेन्सीका प्रतिनिधिलाई आफूले भनेको शर्त अनुसार ऋण भिडाउन नजिकको सचिव चाहिन्छ, यसका लागि उपयुक्त पात्र पुस्कर नै हुन्, अरु सचिव आए देशको हित नहुने ऋणमा सम्झौता गर्दैनन्, उहाँले खुरुखुरु मानिहाल्नु हुन्छ।’

अहिले मन्त्री पुन र सचिव पुष्करको सम्बन्ध राम्रो छैन । सचिवले सरुवा पनि हुन नमान्ने र काम पनि नगर्ने गरेको स्रोतको भनाई छ । मन्त्रालय स्रोतले भन्यो ‘सचिव ज्यु निकै चलाख हुनुहुन्छ कुनै फाइलमा हस्ताक्षर गर्नुपर्यो भने तर्किहाल्नु हुन्छ सरुवा गर्न खोज्यो शक्तिकेन्द्र मान्दैन ।’

अहिले अर्थ मन्त्रालयले सित्तैमा पाउने अनुदान भित्र्याउन सकेको छैन । मन्त्रालयले अनुदान भन्दा पनि कडा शर्तका ऋण नै लिन बल गरिरहेको छ ।

यसका लागि डोनर एजेन्सीको पक्षमा सहसचिव श्रीकृष्ण नेपाल पनि सहभागी छन् । सहसचिव नेपाल मन्त्रालयको  अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखमा लामो समयदेखी बसिरहेका छन् ।

श्रीकृष्ण नेपाल | Office of the Prime Minister and Council of Ministers
श्रीकृष्ण नेपाल, सह-सचिव

मन्त्रालय स्रोतका अनुसार सहसचिव नेपालको श्रीमति र छोरा संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने गरेका छन् । उनले छोरालाई अमेरिकामै पढाइरहेका छन् । मन्त्रालयका एक कर्मचारीले भने ‘सहसचिवको जागिर खाएर अमेरिकामा सन्तान पढाउन कसरी सकिन्छ, उहाँको अर्कै व्यावसाय छ भने मैले भन्न सकिन तर सहसचिवकै तलब अमेरिकामा होइन नेपालमै राम्रो स्कुलमा छोराछोरी पढाउन सकिदैन।’

सचिव र मन्त्रीबिच सम्बन्ध राम्रो नभएको मन्त्रालयले चैत १३ गते राखेको समिक्षा बैठकमा सचिवहरुसँग २ पटक मात्रै भेट भएको र धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति ढिलो गर्न नहुने भन्दै सचिवलाई ठाडो निर्देशन दिएका थिए ।

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा मन्त्री निकट भन्दा प्रधानमन्त्री निकट व्यक्ति नियुक्त हुनु पर्ने भन्दै मन्त्री र प्रधानमन्त्रीबिच नै दूरी कायम गरिदिएका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्