Shikhar Insurance
National Life

जलावायुका पक्षलाई ख्याल गर्न सकिएन भने विकासमा गरिएको लगानी खेर जान्छ : सरोकारवाला

सिंहदरबार संवाददाता
२०८० चैत्र २१, बुधबार १९:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । सरोकारवालाले जलवायुमैत्री विकास आजको आवश्यकता रहेकाेमा जोड दिएका छन् । बुधबार राजधानीमा व्यावसायिक विकास तथा अनुसन्धान केन्द्र, मार्टिन चौतारी, नेपाल बौद्ध अम्बेडकर महासभाको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा बोल्दै सरोकारवालाले जलवायुमैत्री विकासमा जोड दिएका हुन् ।

सहभागितामूलक विकास विशेषज्ञ चेतनाथ कंडेलले पछिल्लो समय विकासका नाममा विनाश बढ्दै गएकाले अब जलवायुमैत्री विकासमा ध्यान दिनुपर्ने बताए । विगत एक दशकदेखि नेपालमा डोजरे विकास भयो, विकास गर्दा वातावरणमैत्री विकासमा जोड दिन सकेनौँ उनले भने ‘अब विकासका गतिविधि अगाडि बढाउँदा जलावायुका पक्षलाई ख्याल गर्न सकिएन भने विकासका नाममा विनास निम्तिने छ र प्राकृतिक विपत्तिका कारण विकासमा गरिएको लगानी खेर जान सक्छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपालमा हुने हरेक विकासका गतिविधि असमान रहेकाले समान विकासका लागि पहल अगाडि बढाउन आवश्यक रहेको उनले बताए । जनसहभागितामूलक विकास गर्नुपर्ने कंडेलको जोड रहेको छ । सबै जिल्लामा सडक सञ्जाल जोडिएपछि सर्वसाधारणले विकासको अनुभूति गरेको भन्दै आगामी १० वर्षमा ती सडक कालोपत्र हुने उनको भनाइ छ ।

धेरै स्थानीय तहमा कच्ची सडक विस्तार भइसकेको छ, अब कालोपत्रको युग सुरु हुन्छ, र सडक सुविधाबाट सर्वसाधारण लाभान्वित हुनेछन्भौ उनले भने तिक विकास मात्रै विकास नभइ मानवीय विकास पनि विकास हो भनेर हामीले बुझ्नु जरुरी छ ।’

विकास पत्रकार केपी ढुङ्गानाले विकासका कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गर्न स्थानीय तहहरुलाई शक्तिशाली बनाउनुपर्ने धारणा राख्य। सङ्घीयता लागू भएसँगै हामीले धरै परिवर्तन होला भन्ने आशा गरेका थियौँ, तर आशाअनुरुपको विकास हुन सकिरहेको छैन उनले भने थाइल्याण्ड जस्तो मुलुकहरुमा मानव स्रोत परिचालन गरेर उदारणीय विकास भएको छ भने हामी किन ती मुलुकहरुको विकासका मोडललाई नअपनाउने त ?

नेपालको विकास कछुवाको गतिमा अगाडि बढेको र त्यसलाइ छिटो बनाउनुपर्ने र विकास गर्दा वातावरणीय पक्षलाई ख्याल गर्नुपर्ने उनको तर्क रहेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्