Shikhar Insurance
National Life

३.४३ अंकले घट्यो सेयर बजार, साढे २ अर्ब बढी कारोबार

सिंहदरबार संवाददाता
२०८० चैत्र २१, बुधबार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.४३ अंकले घटेर २००६.७८ मा पुगेर बजार बन्द भएको छ ।

बुधबार ३२२ कम्पनीको ६४ लाख ८१ हजार ८ सय ३४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५३ करोड ६२ लाख ३३ हजार ९ सय ८६ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार सबैभन्दा धेरै सुर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । सोमबार कम्पनीको २५ करोड ८० लाख ५९ हजार १ सय १६ रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ५ सय १८ रुपैयाँ रहेको छ ।

साथै, आज १३२ कम्पनीको सेयर मूल्य घट्दा १०३ कम्पनीको सेयर मूल्य बढेको छ भने १० क्मपनीको सेयर मूल्य स्थिर रहेको छ । आज २ कम्पनीकाे सेयरमा सकरात्मक सर्किट लागेको छ । भने रिर्भर फल्सको सेयर मूल्य ४.४० प्रतिशत  घटेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्