काठमाडौं । नेपाली जुत्ताघरले ‘नयाँ वर्ष जुत्ता, चप्पल विशेष महोत्सव-२०८१’ उद्घाटन गरेको छ । ‘नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान’ नाराका साथ चैत २१ गते बालाजु, बुद्ध मलमा उद्घाटन सम्पन्न गरेको हो ।
महोत्सव केही समयका लागि संचालन हुने पाली जुत्ताघरले जनाएको छ । महोत्सवमा हजारौं डिजाईनका जुत्ता चप्पल आकर्षक मूल्यमा उपलब्ध हुनेछन् । मेला विहान ९ः०० बजे देखि वेलुका ७ः०० बजे सम्म खुल्ला रहने आयोजकले बताए । महोत्सवमा ३ हजार भन्दा बढी मोडल र डिजाइनका जुत्ताहरु उपलब्ध हुनेछन् । महोत्सवमा नेपाली र गुणस्तरीय उत्पादन रहनेछन् । न्युनतम २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइने कम्पनीले जनाएको छ । महोत्सव अवधिभरमा ३ लाख अवलोकन कर्तालाई अवलोकन गराउने कम्पनीले लक्ष्य राखेको छ ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघको उपाध्यक्ष होमनाथ उपाध्यायले प्रोडक्टहरुको क्वालिटी राम्रो हुनु पर्ने बताए । उनले भने,’हरेक नेपालीको घर घरसम्म यो जुत्ता पुगोस् ।’ आज(बुधबार) पत्रकारहरुका लागि जुत्ता, चप्पलमा ५० प्रतिशत छुट दिने उनले बताए ।आज(बुधबार)चैत्र २१ गतदेखि का.म.न.पा. वडानं. १६ बुद्धमल बालाजु, न्युरोडमल न्युरोड, ललितपुर कुमारीपाटी, ललितपुर सात दोवाटो सेल्सवेरी संगै चार वटा शोरुमहरुमा नयां वर्ष २०८१ को अवसरमा व्यापार महोत्सव आयोजना गर्ने पनि कम्पनीले जनाए ।
मेलामा जुत्ता चप्पल उत्पादक कम्पनी र व्राण्डहरु रोयल शु इण्डष्ट्रिजको उत्पादन -रोयल शुज, वेश फुटवेयरको उत्पादन-वि.एफ डियर हिल र वि.एफ स्पोर्ट, लालिगुराँस फुटवेयरको क्रस रोड शुज, शुभकामना फुटवेयरको-फस्टवाक शुज, डि.जे. शुज कम्पनीको-डि.जे. शुज, रन सुज इन्ड्रष्टिजको रन सुज, कोशेली छालाजुत्ता उद्योगका कोशेली, स्मार्ट सुजका-स्मार्ट गरि ८ वटा कम्पनी र व्राण्डहरुको सहभागिता रहने आयोजकले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्