Shikhar Insurance
National Life

प्रविधिमार्फत शिक्षालाई अगाडि बढाउन ‘सत्याल लर्निङ प्लेटफर्म’

सिंहदरबार संवाददाता
२०८० चैत्र २१, बुधबार १४:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । ‘सत्याल द अनलाइन लर्निङ प्लेटफर्म’ले नयाँ सेवा ‘सत्याल लर्निङ’ सार्वजनिक गरेको छ । सत्याल लर्निङले नयाँ युगको डिजिटल शिक्षातर्फ आफूले विकास गरेको अनलाइन लर्निङ प्लेटफर्म सार्वजनिक गरेको हो ।

विसं २०७९ मा परीक्षणका लागि सार्वजनिक गरिएको वेबसाइट अपडेट गरी पुनःसार्वजनिक गरिएको प्रकाशनले जनाएको छ । विसं २०४१ मा सत्याल बुक्स सेन्टरका रूपमा स्थापित सत्याल प्रकाशनले शिक्षा क्षेत्रमा पहिलो निजी संस्थाका रूपमा शिक्षक तालिम परियोजनासमेत चलाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्लेटफर्मका अध्यक्ष तथा कार्यकारी अधिकृत आर्यन सत्यालले ‘सत्याल लर्निङ’ प्रविधिका माध्यमबाट शिक्षालाई अगाडि बढाउने आफूहरूको प्रतिबद्धताको प्रमाण भएको बताए । तत्कालीन प्रकाशक अजयकुमार सत्यालका सुपुत्र आर्यनका अनुसार उहाँका पिताले विराटगरबाट शिक्षा क्षेत्रमा आफ्नो यात्रा सुरु गरेका थिए ।

उनले विद्यार्थीलाई उनीहरूको स्थान वा पृष्ठभूमि जस्तोसुकै भए पनि डिजिटल माध्यमबाट उच्च गुणस्तरको शैक्षिक स्रोत र समर्थनमा पहुँच प्रदान गर्ने प्रकाशनको लक्ष्य भएको जानकारी दिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्