Shikhar Insurance
National Life

नेपालमा मकैको आवश्यकता प्रत्येक वर्ष बढ्दै गएको छ : अध्यक्ष ढकाल

सिंहदरबार संवाददाता
२०८० चैत्र २१, बुधबार १३:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा मकैको आवश्यकता प्रत्येक वर्ष बढेर गएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित मकै सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले मकै नेपालको प्रमुख खाद्यान्न भएको हिसावले अहिले औद्योगिक उत्पादनमा माग र महत्व बढ्दै गइरहेको जिकिर गरे । उनले नेपालमा खासगरी पशुजन्य खाद्यान्नका लागि मकैको महत्व झनै बढेर गएको बताए । उनले नेपालमा आवश्यकताको २० प्रतिशत मात्रै स्वदेशी मकै उत्पादनले धानेको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले गत आर्थिक वर्ष २०२१/२०२२ मा दाना उद्योगको लागि नेपालले १९ अर्ब ६५ करोडको मकै आयात गरेको बताए । उनले मकैको उत्पादन वृद्धिका लागि केही पहलहरु भएपनि पर्याप्त नभएको जिकिर गरे ।

अध्यक्ष ढकालले सरकार र निजी क्षेत्रको सहकार्य र समन्वय आउने दिनमा अझै प्रभावशाली हुने विश्वास व्यक्त गरे । आन्तरिक मागलाई धान्नसक्ने गरी कृषिजन्य उत्पादन बढाउनुपर्नेमा जोड दिए ।
न्युज एजेन्सी नेपाल

GBIME

प्रतिक्रिया दिनुहोस्