Shikhar Insurance
National Life

कृषिमा आधुनिकीकरण गर्नेगरी कृषि नीति बनाइरहेका छौँ : मन्त्री ज्वाला

सिंहदरबार संवाददाता
२०८० चैत्र २१, बुधबार १३:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषिमा आधुनिकीकरण गर्नेगरी सरकारले कृषि नीति बनाइरहेको बताएकी छिन् । बुधबार काठमाडौंमा आयोजित मकै सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले नेपालमा मकै धानपछिको दोस्रो धेरै उत्पादन हुने बालीको रुपमा रहेको बताइन् । उनले मकैलाई प्रोत्साहन हुनेगरी र वास्तविक किसानहरुलाई पहिचान दिने, उत्साहित गराउने र सहानुभुति दिनेगरी कृषिमा आधुनिकीकरण गर्ने योजना सरकारको रहेको जानकारी गरे । उनले नेपालमा मकैको उत्पादन डरलाग्दो रुपमा घटिरहेको जिकिर गरिन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सरकारले बनाइरहेको कृषि नीतिमा कृषि बालीहरुलाई प्रोत्साहन दिनेगरी कार्यक्रमहरु ल्याउने र मकैलाई बढावा दिनेगरी नीति निर्माण गरिरहेको जानकारी गरे । उनले नेपाललाई मकैमा आत्मनिर्भर बनाउने गरी कार्यक्रम अघि बढाइने बताइन् ।

मन्त्री साहले मकै अहिले ९ लाख ८५ हजार हेक्टरमा मकै उत्पादन भइरहेको बताइन् । वास्तविक किसानलाई पहिचान गरी १२ वर्षको लागि सहुलियत ऋण दिने व्यवस्था गर्न आवश्यक रहेको जानकारी गरिन्  । मकैको उत्पादन वृद्धि गरी बजारीकरण गर्न आवश्यक रहेको जानकारी गरिन् । मन्त्री साहले कृषि उत्पादनको बजारीकरणका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको बताइन् ।

न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्