Shikhar Insurance
National Life

सरकारी र पब्लिक लिमिटेडको नाफा बढ्दा निजी कम्पनीको किन घट्यो ?

सिंहदरबार संवाददाता
२०८० चैत्र २१, बुधबार ११:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारी कम्पनी र पब्लिक लिमिटेड कम्पनीको व्यापार बढ्दा प्राइभेट कम्पनीको भने घटेको छ । चालु वर्षको पहिलो ६ महिनामा प्रालीको नाफामा गिरावट आएको देखिएको हो ।

चालु वर्षको पहिलो ६ महिनामा सरकारी र पब्लिक कम्पनीको नाफा बढेको अर्थ मन्त्रालयको तथ्यांकमा देखिएको छ । प्रत्येक वर्षको पुस महिना अग्रिम आयकरको ४० प्रतिशत रकम दाखिला गर्ने महिना हो । यसकारण पुस महिनाको राजस्व आकँडालाई महत्वपुर्ण तथ्यांक मानिन्छ । यो तथ्यांकले नै वर्षभरीको तथ्यांकलाई प्रतिनिधित्व गर्दछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सरकारी कम्पनीले चालु वर्षको ६ महिनामा ४ अर्ब ३८ करोड ३० लाख आयकर दाखिला गरेका छन् । धेरै आयकर दाखिला गर्ने कम्पनीहरुमा दूर संचार कम्पनी लिमिटेड, दूर सञ्चार प्राधिकरण रहेका छन् । यी कम्पनीहरुले गत आर्थिक वर्ष २०७९/०८० को पहिलो ६ महिनाको तुलनामा १२.९७ प्रतिशत बढी कर दाखिला गरेका हुन् । गतवर्षको ६ महिनामा सरकारी कम्पनीले ३ अर्ब ८७ करोड ९७ लाख आयकर दाखिला गरेका थिए ।

यसैगरी पब्लिक लिमिटेड कम्पनीले चालु वर्ष ४० अर्ब ५१ करोड २८ लाख आयकर दाखिला गरेका छन् । यो गत वर्षको सोहि अवधिको तुलनामा ६३.८५ प्रतिशतले बढि हो । गतवर्ष पब्लिक लिमिटेडले २४ अर्ब ७२ करोड ५१ लाख आयकर दाखिला गरेका थिए ।

चालु वर्ष बैंक तथा वित्तिय संस्थाले फर्दर पब्लिक अफरिङ (एफपीओ) र बार्गेन पर्चेज (मर्जर)को कर दाखिला गरेका थिए । जसबाट ठूला करदाता कार्यालयबाट मात्रै १३ अर्ब ५ करोड कर संकलन भएको थियो । चालु प्राइभेट लिमिटेड कम्पनीको व्यापार भने घटेको देखिएको छ । चालु वर्ष प्रालिहरुले १७ अर्ब १६ करोड ८५ लाख आयकर दाखिला गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा ८.७९ प्रतिशतले कम हो । गतवर्ष यो अवधिमा प्रालिहरुले १८ अर्ब ८२ करोड २२ लाख आयकर दाखिला गरेका थिए ।

प्रालिहरुले कम आयकर दाखिला गर्नुले २ कुराको संकेत गरेको छ । एक प्रालिहरुको व्यापारमा गिरावट आएको छ । अर्को प्रालिहरुले नाफा कम देखाउन कर छलि गरिरहेका छन् । सरकारी, पब्लिक र अन्य कम्पनीको नाफा बढेर प्रालिको मात्रै घट्न नसक्ने महालेखा परिक्षक कार्यालयका एक अधिकारीले सिंहदरबारसँग बताए । ती अधिकारीले भने ‘कर छलिको जोखिममा सबैभन्दा धेरै प्रालिहरु नै देखिएका छन्, किनभने पब्लिक र सरकारी कम्पनीले कर छलि गरेर धेरै व्यक्तिगत लाभ लिन सक्दैनन ।’

ती अधिकारीका अनुसार राजस्व तथा भन्सार कार्यालयहरुमा सरकारी र पब्लिक कम्पनीको तुलनामा प्रालीले नै धेरै घुस (रिसवत) खर्चिने गरेका छन् । विशेषगरी ठूला प्रालिहरुले योजना नै बनाएर कर छलि गर्ने गरेको ती अधिकारीको भनाई छ ।

प्रालिहरुले कर छलि गरेका हुन् या व्यापार घटेको हो सोको सुक्ष्म अनुसन्धान भैरहेको ठूला करदाता कार्यालयका एक कर्मचारीले बताए । ती कर्मचारीले सिंहदरबारसँग भने ‘चालु वर्ष प्रालिहरुको कारोबार गतवर्षको तुलनामा कम देखिएको छ, व्यापार साँच्चिकै घटेको हो कि घटाइएको हो सो बारे अनुसन्धान भैरहेको छ ।’

प्रालिको नाफा घटेको देखिदाँ अन्य कम्पनीको भने बढेको देखिएको छ । चालु वर्ष अन्य कम्पनीहरुले ६ अर्ब ९८ करोड ४ लाख आयकर दाखिला गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा ४.१९ प्रतिशतले बढि हो । चालु वर्षको ६ महिनामा कुल ६९ अर्ब ४ करोड ४७ लाख संस्थागत आयकर संकलन भएको छ । यो अघिल्लो वर्षको तुलनामा २७.५७ प्रतिशतले बढि हो ।

चैत महिना अग्रिम आयकरको ३० प्रतिशत अर्थात कुल ७० प्रतिशत दाखिला गर्ने समय हो । अहिले कम्पनीहरुले आफ्नो नाफाको अनुमान गरी धमाधम आयकर दाखिला गर्ने तयारी गरिरहेका छन् ।

 

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्