काठमाडौं । साताको चौथों कारोबार दिन सुनको मूल्य १ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३३ हजार पुगेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ३१ हजार २ सय रुपैयाँ रहेको थियो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुनको मूल्य १ लाख ३२ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ भने अघिल्लो दिन सुनको मूल्य १ लाख ३० हजार ५ सय ५० रुपैयाँ रहेको थियो । आज तेजावी सुनको मूल्य पनि १ हजार ८ सय रुपैयाँ बढेको छ ।
साथै, बिहिबार चाँदीको मूल्य ६५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय १० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी १ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्