Shikhar Insurance
National Life

५ दिने मध्यस्थता सम्बन्धी तालिम काठमाडौंमा, गुणस्तरीय जनशक्ति उत्पादनमा जोड

सिंहदरबार संवाददाता
२०८० चैत्र २०, मंगलवार १५:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल मध्यस्थता परिषद् र एडभोकेट सोसाइटी नेपालको संयुक्त आयोजनामा ५ दिने मध्यस्थता सम्बन्धित तालिम शुरु भएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिल कुमार पोख्रेलले एक समारोहकाबीच तालिमको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा बोल्दै न्यायाधीश पोख्रेलले नेपालमा मध्यस्थता सम्बन्धी काम गर्ने जनशक्तिको आवश्यकता पूर्ति गर्न यस्ता तालिम कार्यक्रम निकै महत्वपूर्ण हुने बताए । परिषद्का अध्यक्ष डा.राजेन्द्र प्रसाद अधिकारीले पक्ष विपक्षलाई राखेर गरिने मध्यस्थताका क्रममा अपनाइने विभिन्न प्रक्रियाका बारेमा जानकारी राख्न यो तालिम निकै उपयोगी हुने बताए । उनले तालिमले मध्यस्थता गर्ने जनशक्ति मात्रै नभएर गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यकममा सर्वोच्च अदालत बार एशोसियसनका अध्यक्ष हरिशंकर निरौला, उच्च अदालत बार एशोसियसनका अध्यक्ष शान्तिराम खतिवडा, विशेष अदालत बार एशोसियसनका संयोजक चुडामणि पौडेल, जिल्ला बार एशोसिएसन ललितपुरका अध्यक्ष राम श्रेष्ठ र एडभोकेट सोसाइटी नेपालका अध्यक्ष अर्जुन प्रसाद ढकाललगायतको सहभागि थियो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्