काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.८५ अंकले घटेर २०१०.२१ मा पुगेको हो ।
आज ३१२ कम्पनीको ६१ लाख ३१ हजार ६ सय २१ कित्ता कारोबार हुँदा २ अर्ब २९ करोड १६ लाख ४५ हजार ५ सय ८५ रुपैयाँ कारोबार भएको छ । मंगलबार एक कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमा सर्किट लागेको हो ।
साथै, गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.९५ प्रतिशत, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको ८.६४ प्रतिशत, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ६.९४ प्रतिशत सहित १३५ कम्पनीको सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्