Shikhar Insurance
National Life

सहकारी ठगीमा अर्यालको नाम जोडिएपछि रविले भने,’प्रश्न उठ्दैमा आत्तिहाल्नु पर्दैन’

सिंहदरबार संवाददाता
२०८० चैत्र २०, मंगलवार १४:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रश्न उठ्दैमा आत्तिहाल्नु नपर्ने बताएका छन् । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएक हुन् ।

उनले सञ्चारमाध्ययमा पार्टी सपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र पार्टी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको नाम पनि सहकारी प्रकरणमा मुसिएको बारेमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै प्रश्न उठ्दैमा आत्तिन आवश्यक नरहेको जिकिर गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले समाचामा आउने सबै सत्य नहुने भन्दैे सत्य के हो त्यसको खोजि गरेर समाचार प्रकाशन एवं प्रशारण गर्न आग्रह गरे । उनले एक जना पत्रकार र पत्रिकामा समाचार छापिने बित्तिकै दोष प्रमाणित नहुने बताए । उनले प्रमाणित भएको कुरा र प्रचारबाजीमा फरक रहेको जिकिर गरे ।

उनले सदनमा उठेका कुरामा आफूले जवाफ दिन पाउनुपर्ने माग गरे । न्युज एजेन्सी नेपाल

GBIME

प्रतिक्रिया दिनुहोस्