Shikhar Insurance
National Life

वैशाख १६ र १७ मा हुने लगानी सम्मेलनमा सहभागि हुन बोर्डका सीईओ भट्टको आग्रह

सिंहदरबार संवाददाता
२०८० चैत्र २०, मंगलवार १२:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत(सीईओ)सुशील भट्टले वैशाख १६ र १७ मा हुने लगानी सम्मेलन सहभागि हुन आग्रह गरेका छन् । भट्टले ढाकास्थित नेपाली दूतावाससँगले आयोजना गरेको प्रिइभेन्ट इन्भेष्टमेन्ट सेमिनारमा सहभागि हुदैँ यस्तो बताएका हुन् ।

कार्यक्रमका लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत(सीईओ)सुशील भट्टले लगानी सम्मेलनको तयारीका सम्बन्धमा जानकारी दिए । लगानी सम्मेलनले सम्भावित लगानीकर्ता, नीति निर्माता, निजी क्षेत्र, विज्ञ, विकास साझेदार, डेभलपमेन्ट फाइनान्स इन्स्टिच्यूसनहरू र बैंक तथा वित्तीय संस्थालाई एक ठाउँमा ल्याउन र विदेशी लगानीकर्ताहरूले स्थानीय व्यवसायीहरूसँग साझेदारी गर्न सक्ने औँल्याए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै बोर्डका प्रमुख कार्यकारी अधिकृतले बंगलादेशका उर्जामन्त्री र सम्बन्धित पक्षसँग साइडलाइन बैठक गर्दै द्विपक्षीय हितका विषयमा समेत छलफल गरे । कार्यक्रमका बंगलादेशका लागि नेपालका महामहिम राजदूत घनश्याम भण्डारीले नेपालमा गरिने लगानीका लाभहरूबारे चर्चा गर्दै बंगलादेशी लगानीकर्तालाई नेपालमा जलविद्युत, पूर्वाधार, होटल तथा हस्पिट्यालिटी, फर्मास्युटिकल्स, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानीको अवसर पहिल्याउन आग्रह गरे ।

सेमिनारका बंगलादेशका staie Minister of Power, Energv’ and Mineral Resources of Bangladesh, Hon. Mr. Nasrul Hamid ले नेपालमा रहेको लगानीको सम्भावनाबारे उल्लेख गर्दै नेपाल र बंगलादेशबीच द्विपक्षीय लगानी सम्बन्धलाई मजबुत पार्न बंगलादेश सकारात्मक रहेको बताए । नेपाल र बंगलादेशबीचको ऊर्जा सहकार्यलाई विशेष महत्व दिदैँ उनले बंगलादेशको उच्च माग र नेपालको उत्पादन क्षमताबीच तादम्यता मिलाउनु पर्नेमा जोड दिए ।

लगानी बोर्डका सहसचिव बाबुराज अधिकारीले लगानी सम्मेलनको सम्बन्धमा विस्तृत जानकारी प्रदान गर्ने प्रस्तुतीकरण गरेका दिए । सेमिनारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा अर्थमन्त्री वर्षमान पुनले लगानीकर्ताहरूलाई नेपालमा लगानीका लागि आह्वान गरेको भिडियो सन्देश प्रसारण गरिएको थियो ।

पहुँच सेमिनारमा बंगलादेशको संसदका सदस्यहरू, उच्चपदस्थ सरकारी अधिकारीहरू, थिंक ट्यांक, प्रतिष्ठीत व्यावसायिक प्रतिष्ठानका प्रतिनिधिहरू, नेपाली दूतावासका अधिकारीहरू लगायत ८० भन्दा धेरैको सहभागिता रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्