काठमाडौं । गोर्खाज फाईनान्सले ६२ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नपरेकाले सर्वसाधारणका लागि सेयर बिक्री खुल्ला गरेको हो ।
सेयर सेयरधनी यादप राईको नाममा रहेको छ । बैंकले फागुन १३ गते ३५ दिने सूचना प्रकाशन गरेको थियो । सेयरको प्रतिकित्ता १ सय ५० रुपैयाँ रहेको छ ।
सेयर खरिद गर्न ईच्छुक व्यक्ति तथा संस्थाले यो सूचना प्रकाशन भएको १५ दिन भित्र आवश्यक कागजात सहित संस्थाको प्रधान कार्यलय डिल्ली बजारमा निवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्