काठमाडौं । साताको तेस्रो कारोबारको दिन पनि सुनको मूल्य घटेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।
मैगलबार छापावाला सुन प्रतितोला १ लाख ३१ हजार २ सय रुपैयाँमा खरिदबिक्री भईरहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ३१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला १ लाख ३० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ३० हजार ९ सय ५० रुपैयाँ रहेको थियो ।
साथै, चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । मंगलबार चाँदीको प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्