Shikhar Insurance
National Life

हिमालयन बैंकको १३ लाख २७ हजार ८ सय ६७ कित्ता सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८० चैत्र २०, मंगलवार १०:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनीको नाममा रहेको १३ लाख २७ हजार ८ सय ६७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले पुन प्रसाद सुवेदीको नाममा रहेको ३० हजार, नम्रता श्रेष्ठको नाममा रहेको ७ लाख ५० हजार ३ सय ९४, नारायण श्रेष्ठको नाममा रहेको ४ हजार, प्रकाश तायलको नाममा रहेको ३ लाख ८ हजार ३ सय ४८, तुलसी राम नेपालको नाममा रहेको ७ हजार ४ सय ९, ईश्वर लाल श्रेष्ठको नाममा रहेको १ लाख ५ हजार ८ सय ४, नरेश विक्रम सिजापतिको नाममा रहेको २२ हजार ३ सय १३, गिरेन्द्र मान सिंह श्रेष्ठको नाममा रहेको ९९ हजार ५ सय ९९ गरी जम्मा १३ लाख २७ हजार ८ सय ६७ कित्ता सेयर खरिद बिक्री खुल्ला गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयरको न्युनतम मूल्य भने तोकिएको छैन । सेयरको पहिलो हकदार संस्थापक सेयरधनीहरु रहेका छन् । सेयर खरिद गर्न ईच्छुक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात सहित बैंकको केन्द्रीय कार्यलय कमलादीमा आईपुग्ने गरी निवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

तेकिएको समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिद नभएमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्रीको प्रक्रिया अगाडि बढाउने बैंकले सूचना मार्फत जानकारी दिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्