काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा सचिव केशवकुमार शर्मालाई हटाएर सचिव गोपालप्रसाद सिग्देल आएका छन् । बिहिबार (चैत १५ गते) बसैको मन्त्रिपरिषद बैठकले सचिवहरुको जिम्मेवारी हेरफेर भएको हो ।
भौतिक मन्त्रालयका शर्माको जल तथा ऊर्जा आयोगमा सरुवा भएको छ । सिग्देल ऊर्जाबाट भौतिक मन्त्रालयमा सरुवा भएका हुन् । यस्तै मधेश प्रदेशका प्रमुख सचिव दिनेशकुमार घिमिरे उद्योग, वाणिज्य तथा आपूति मन्त्रालयको वाणिज्य सचिव बनेका छन् । उद्योग सचिव मुकुन्द निरौला उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएको छ ।
उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनसंख्या मन्त्रालयमा सरुवा भएका छन् । वित्त आयोगका सचिव कृष्णबहादुर राउत उद्योग मा सचिव बनेका छन् ।
बागमती प्रदेश प्रमुख सचिव घनश्याम उपाध्यायको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिव बनेका छन् । बिहिबार सचिवहरुको सरुवा गर्ने निर्णय भएपनि राजनितिक समिकरण अनुसार विस्तारै सरुवाको पत्र वितरण सुरु गरेको हो ।
स्रोतका अनुसार अर्थ सचिव कृष्णहरि पुस्कर र राजस्व सचिव रामप्रसाद घिमिरेले पद जोगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्