Shikhar Insurance
National Life

गाजामा ६ सय इजरायली सैनिकको मृत्यु

सिंहदरबार संवाददाता
२०८० चैत्र १९, सोमबार १६:२५
Hyundai
NCELL
NIMB

एजेन्सी । गाजामा गत अक्टोबर ७ बाट सुरु भएको युद्धमा ६ सय इजरायली सैनिकको मृत्यु भएको इजरायली सेनाले जनाएको छ । गाजामा सक्रिय हमास लडाकूले आक्रमण गरेपछि त्यसको जवाफमा इजरायलले हमास विरुद्ध युद्ध सुरु गरेको हो ।

हमासको आक्रमणमा एक जना २० वर्षीय सैनिक जवान नाडाभ कोहेनको मृत्यु भएसँगै गाजा युद्धमा मारिने सैनिकको संख्या ६ सय पुगेको इजरायली सेनाले जनाएको छ । यद्यपी यस युद्धमा इजरायली बमबारीमा परेर गाजामा ३२ हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान गइसकेको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मारिनेमध्ये अधिकांश बालबालिका र महिला रहेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गाजामा चलिरहेको यस भिषण कारबाहीबाट सर्वसाधारण निहत्था नागरिकको मृत्यु भएपछि राष्ट्रसंघ समेत अन्तर्राष्ट्रिय समुदायले तत्काल युद्धविराम गर्न इजरायल सरकारमाथि दबाब दिइरहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्