काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.२६ अंकले घटेर २०१२.०७ मा पुगेको हो ।
सोमबार ३१५ कम्पनीको ७२ लाख ९० हजार २ सय कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३ सय ५ रुपैयाँको कारोबार भएको छ ।
सोमबार सबैभन्दा धेरै सर्वोत्तम सिमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको छ । सोमबाचर कम्पनीको ४७ करोड २९ लाख १७ हजार ६ सय ३२ रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ९ सय ४१ रुपैयाँ रहेको छ ।
साथै, आज १५१ कम्पनीको सेयर मूल्य घट्दा ८६ कम्पनीको बढेको छ भने ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने १ कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्