Shikhar Insurance
National Life

कर्णाली प्रदेशले १० जिल्लाका १३ विद्यालयलाई नमुनाका रुपमा विकास गर्ने

सिंहदरबार संवाददाता
२०८० चैत्र १९, सोमबार १४:५६
Hyundai
NCELL
NIMB

सुर्खेत । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले १० जिल्लाका कम्तीमा पनि १३ विद्यालयलाई नमुना विद्यालयका रुपमा विकास गर्ने भएको छ ।

एक जिल्ला एक नमुना विद्यालय भौतिक पूर्वाधार निर्माण एवं शिक्षण सिकाइ सुधार शिक्षकको पेसागत सहयोग कार्यक्रममार्फत उक्त विद्यालय छनोट गरिएको शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले जानकारी दिएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सार्वजानिक शिक्षा सुधारसम्बन्धी कार्यविधि २०८० अनुसार प्रस्ताव पेस गरेका विद्यालयमध्ये मन्त्रीस्तरीय निर्णयबाट १३ विद्यालय छनोटमा परेका निमित्त निर्देशक हमालले जानकारी दिए ।

सुर्खेत, दैलेख, डोल्पा, जुुम्ला, कालीकोट र मुगुमा एक÷एक विद्यालय छनोटमा परेका छन् भने जाजरकोट, सल्यान र रुकुमपश्चिममा दुई÷दुई विद्यालय निर्माण गर्न छनोट गरिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्