Shikhar Insurance
National Life

सरकारले नेपाल प्रहरीको मनोबल खस्काउने काम नगरोस् : प्रदीप यादव

सिंहदरबार संवाददाता
२०८० चैत्र १९, सोमबार १४:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले नेपाल प्रहरीको मनोबल गिराउने काम नगर्न सरकारलाई सुझाव दिएका छन् ।

सुन तस्करी छानविन समितिको प्रतिवेदनमाथि पनि अर्को छानविनको काम अघि बढाएर सरकारले नेपाल प्रहरीको अनुसन्धानलाई हतोत्साही बनाउने काम गरेकाले त्यसलाई तत्काल बन्द गर्नुपर्ने उनको भनाइ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक यादवले नेपाल प्रहरीले प्रविधिको अभावमा पनि अनुसन्धानको काममा एकपछि अर्को सफलता प्राप्त गरेपनि सरकारले नै उनीहरुमाथि छानविन समिति बनाएर मनोबल गिराउने काम गरेको आरोप लगाए । उनले सुन तस्करी जाँझबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै अघि बढनुपर्नेमा सरकारले अनुसन्धानमा संलग्न प्रहरी अधिकृतमाथि नै छानविन थालेर गल्ती गरेको जिकिर समेत गरे ।

यादवले भने ‘केही दिन अगाडि सुन तस्करी जाँचबुझ आयोगले एउटा प्रतिवेदन नेपाल सरकारलाई बुझायो । त्यसपछि मुलुकमा तरंग आयो । पूर्वसभामुख कृष्णबहादुर महरामाथि पनि त्यसले चाहीँ औँला ठड्यायो । अर्को कुरा सिआईवीमाथि पनि औँला ठड्यायो । निश्चित रुपमा सिआईवी एउटा ठूलो संस्था हो । एक त नेपाल प्रहरीसँग नयाँ प्रविधि कति छ ? त्यो हामी सबैलाई जानकारी नै छ । यो राम्रो कुरा होइन सभामुख महोदय । त्यसकारण नेपाल सरकारले एउटा संस्थाले छानविन गरिरहेको छ भने गरोस् । तर संस्थाको मनोबल खस्काउने काम नगरोस् । प्रक्रिया शुरु भएको छ । ’

प्रमुख सचेतक यादवले नेपाल प्रहरीको अनुसन्धानमाथि नै प्रभावित पार्ने काम सरकारले गर्न नहुने स्पष्ट पारे ।

न्युज एजेन्सी नेपाल

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्