काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.२६ अंकले घटेर २०१२.०७ अंकमा पुगेको हो ।
सोमबार ३१५ कम्पनीको ७२ लाख ९० हजार २ सय कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३ सय ५ रुपैयाँ कारोबार भएको छ ।
आज दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र माई खोला हाईड्रोपावर लिमिटेडको सेयरमा सर्किट लागेको हो ।
साथै, माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.४४ प्रतिशत, ताराँगाउ रेजेन्सी होटल लिमिटेडको ७.२५ प्रतिशत, ८.५ प्रभु बैंक डेभेन्चर -२०८७ को ६.३४ प्रतिशत सहित १२१ कम्पनीको सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्