Shikhar Insurance
National Life

कनिका छरेजस्तो गरी बजेट नछर्न मन्त्रीहरुलाई सांसद ढकालको आग्रह

सिंहदरबार संवाददाता
२०८० चैत्र १९, सोमबार १३:५३
Hyundai
NCELL
NIMB

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले आगामी आर्थिक वर्षको बजेट कनिका छरेजसरी नछर्न मन्त्रीहरुलाई आग्रह गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद ढकालले आगामी आर्थिक वर्षको बजेट विगतको जस्तैगरी कनिका छरेजसरी नछर्न आग्रह गरेका हुन् ।

उनले पहुँचको आधारमा आफ्नो क्षेत्रमा बजेट लान दिनु नहुने पनि बताए । उनले सांसदहरुको लेटरप्याडलाई चिर्कटोको संज्ञा दिँदै चिर्कटोमा लेखेर दिएको भरमा आयोजनामा बजेट दिनु नहुने बताए । उनले बजेट विनियोजनमा विगतको निरन्तरता दोहो¥याउनु नहुने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने ‘मन्त्रालयहरुमा बजेटको सिलिङहरु तय हुँदै गर्दा मन्त्रालयहरुमा हाट, बजार लागेको जस्तो भएको छ, योजना माग्न जानेहरुको । ति योजनाहरु कुनै प्रक्रिया पुगेर गएका छैनन् । एउटा लेटरहेडको चिर्कटो अथवा डायरीमा टिपेका चिर्कटोहरु प्रश्तुत हुने अनि बजेट प्रश्तुत हुँदै गर्दा विगतकै निरन्तरता हुने देखेको छु । बजेट र योजनाको यो शैलीको कारणले विगतका असरल्ल आयोजनाहरुलाई हेर्दै गर्दा फेरि यसवर्ष पनि विगतको निरन्तरता भयो भने हामीले यथास्थिति र निरन्तरतावाद बाहेक अरु केही पनि पाउने छैनौँ ।’

उनले पूर्वी चितवनमा आगामी आर्थिक वर्षसम्म इलाका प्रशासन कार्यालय लानका लागि माग गरे ।

न्युज एजेन्सी नेपाल

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्