काठमाडौं । नेकपा (एमाले) की सांसद सरिता भुसालले नारायणगढ–बुटवल सडकखण्ड समयमै निर्माण सम्पन्न गर्न माग गरेकी छिन् । सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद भुसालले नारायणगढ–बुटवल सडकखण्ड निर्माणका लागि दुई पटक म्याद थप गरेपनि हालसम्म आयोजना सम्पन्न हुन् नसकेको बताइन् ।
उनले सडक निर्माण सम्पन्न नहुँदा यात्रु तथा स्थानीयले धेरै दुःख झेल्नुपरेको भन्दै वर्षायाम अघि नै निर्माण सम्पन्न गर्नका लागि सरकारको ध्यानाकर्षण गराइन् । उनले पटक–पटक समय थप गर्दापनि निर्माण सम्पन्न हुन नसक्नुको कारण पहिचान गर्नुपर्नेमा जोड दिइन् ।
उनले भिनन् ‘वर्षायाम शुरु हुनु अगावै यात्रुहरुले थप समस्या भोग्नु नपरोस् भन्ने कुरामा सरकारको ध्यानाकृष्ट होस् । पटक–पटक समयावधि थप गरिदा पनि योजना सम्पन्न हुन नसक्नुका कारण पहिचान गरी कम्पनीलाई अझ गतिशिल रुपमा कार्य अगाडी बढाउन सरकारले समय समयमा निगरानी गरी यस समस्याबाट छिट्टै मुक्त गरोस् । दुर्घटना दिनप्रतिदिन बढ्दैछ । लामो दुरीमा चल्ने सवारी साधनमा एकभन्दा बढी चालकको व्यवस्था गर्ने गर्नुप¥यो । सडकको स्तरोन्नति गर्नुप¥यो ।’
सांसद भुसालले सवारी दुर्घटना न्युनिकरण गर्नका लागि लामो दूरीको सवारी साधनमा दुईजना चालकको व्यवस्था गर्नुपर्ने र सडकको स्तरोन्नति गर्नुपर्ने बताए ।
न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्