Shikhar Insurance
National Life

कुमारी बैंकद्वारा ‘ग्लोबल मनी विक’मा वित्तिय साक्षरता कार्यक्रम, ५ हजार बढीको सहभागिता

सिंहदरबार संवाददाता
२०८० चैत्र १९, सोमबार १३:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंकले प्रोटेक्ट योर मनि, सेक्योर योर फ्युचर नाराका साथ ‘ग्लोबल मनी विक-२०२४’ सम्पन्न गरेको छ । बैंकले वित्तिय साक्षरताको अभावमा अनौपचारिक वित्तिय संयन्त्रका विसंगतीका शिकार हुनसक्ने समुदायहरुमा वित्तिय ज्ञानको सम्प्रेषण गर्दै कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा वित्तिय कलामा सुधार ल्याई अब्बल वित्तिय मनोबृद्धि प्रर्वद्धन मार्फत कुसल वित्तिय ब्यवहार विकासलाई प्रमुख लक्ष्यका रुपमा लिदै निम्न लिखित क्रियाकलापहरु सञ्चालनमा ल्याइएको थियो । बैंकले कार्यक्रममा वित्तिय लक्ष्य निर्धारणका लागि क्यालकुलेटर, वित्तिय साक्षरता तथा आचरण प्रर्वद्धनका लागि कर्मचारीहरुको प्रतिवद्धता कार्यक्रम, देशै भरि वित्तिय साक्षरताका आधारस्तम्भहरुको प्रशिक्षण, वित्तिय साक्षरता तथा आचरण विकासका लागि सहभागिहरुलाई सपथ कार्यक्रम सञ्चालन गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, कार्यक्रममा बैंकको सामाजिक संजाल मार्फत वित्तिय साक्षरता सम्बन्धि क्विज तथा जनचेतना विकासका सामाग्री प्रसारण गरिएको थियो र राष्ट्रिय स्तरमा स्थापित कलाकारहरुको अभिनय सहितको भिडीयो श्रृंखला तथा सामाजिक विषय बस्तुलाई झल्काउने प्रसंग समेटिएको पुस्तक सार्वजनिक गरिएको थियो । कुमारी बैंकले ग्लोबल मनी विकको सप्ताहभरमा देशैभरका शाखा कार्यलयहरुबाट १२३ ओटा वित्तिय साक्षरता प्रवद्र्धनका लागि प्रशिक्षण कार्यक्रमहरु आयोजना गरेको थियो, जसमा ५४ सय भन्दा बढि विद्यार्थी, विभिन्न संघ संस्था तथा समुदायमा आवद्ध सर्वसाधारणहरुले सहभागिता जनाएका थिए ।

बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६५ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्