Shikhar Insurance
National Life

चीनमा लगानी बोर्डले गर्‍यो प्रि-इभेन्ट, नीतिगत र कानुनी सुधारका प्रयासबारे छलफल

सिंहदरबार संवाददाता
२०८० चैत्र १९, सोमबार १२:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । लगानी बोर्डले तेस्रो लगानी सम्मेलनको प्रि-इभेन्ट सम्बन्धी सेमिनारमा सहभागिता जनाएको छ । मार्च २३ देखि २९ सम्म चीनको नेपाली राजदूतावास, बेइजिङ तथा हङकङ्ग, छेड्दू र ग्वान्जाओलगायत शहरमा आयोजित सेमिनारमा बोर्डले सहभागिता जनाएका हुन् ।

समिनार आगामी वैशाख १६ र १७ मा काठमाडौंमा आयोजना हुने तेस्रो लगानी सम्मेलनलाई दृष्टिगत गरी चिनियाँ सरकारी निकाय, चिनियाँ लगानीकर्ता र च्याम्बरका प्रतिनिधिहरु तथा गैरआवासीय नेपाली लगायतलाई लक्षित गरी आयोजना गरिएको हो । उक्त कार्यक्रमहरुमा आगामी लगानी सम्मेलनको उद्देश्य, लगानीको वातावरण निर्माणका लागि भएको नीतिगत एवं कानुनी सुधारका प्रयासहरु, लगानीका अवसर र सम्भाव्य परियोजनाहरूको बारेमा जानकारी दिइएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मार्च २३ मा हङकङस्थित महावाणिज्य दूतावासद्वारा आयोजित कार्यक्रममा महावाणिज्यदूत उदय राना मगरले नेपालमा वैदेशिक लगानी विषयक प्रस्तुतीकरण दिएका थिए भने लगानी बोर्डको कार्यालयका सहसचिव प्रद्युम्न प्रसाद उपाध्यायले नेपालमा रहेका लगानीका अवसर र आगामी लगानी सम्मेलनको विषय समेटिएको प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा उठेका जिज्ञासाहरुलाई सम्बोधन गर्दै बोर्डको कार्यालयका प्रवक्ता उपाध्यायले नेपालमा रहेको लगानीको प्रचुर सम्भावनाको खोजी गरी उपस्थित सहभागीहरुलाई नेपालमा लगानीको लागि आहवान गरे । १ सय भन्दा बढी सहभागीहरु रहेको उक्त कार्यक्रममा हङकङ र मकाउका स्थानीय व्यवसायीहरु, च्याम्बरका प्रतिनिधिहरु तथा गैर आवासीय नेपालीहरुको सहभागीता रहेको थियो ।

त्यसैगरी, मार्च २५ मा छेड्दुस्थित महावाणिज्य दूतावासको आयोजनामा सञ्चालित कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत(सीईओ)सुशील भट्टले नेपालमा रहेको लगानीको वातावरण र लगानीको अवसर, सार्वजनिक निजी साझेदारीका परियोजना र ठूला लगानीको सहजीकरण गर्न स्थापित लगानी बोर्डको संस्थागत विकासका लागि भएका प्रयास, परियोजना विकास र व्यवस्थापनका क्षेत्रमा बोर्डले चालेका कदमहरुको बारेमा जानकारी दिए ।

कार्यक्रममा लगानी बोर्डको कार्यालयका उपसचिव रमेश अधिकारीले विदेशी लगानीको प्रक्रिया र लगानीसँग सम्बन्धित मुख्य कानूनका प्रावधानहरु समेटिएको एक प्रस्तुतीकरण गरेका थिए । बेइजिङस्थित दूतावासले मार्च २६ मा आयोजना गरेकोप्री इभेन्ट सेमिनार विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा लगानीका प्रशस्त सम्भावनाहरू रहेको चर्चा गरे ।

कार्यक्रमको प्रारम्भमा प्रधानमन्त्री र अर्थमन्त्रीले चिनियाँ लगानीकर्तालाई आगामी लगानी सम्मेलनमा सहभागी भई नेपालमा लगानीका लागि आहवान गरिएको भिडियो सन्देश प्रस्तुत गरिएको थियो ।लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले लगानीका आकर्षक क्षेत्रहरू स्वच्छ र नवीकरणीय ऊर्जाका साथै भौतिक पूर्वाधार, पर्यटन, सूचना प्रविधि, कृषि प्रशोधन, उत्थानशील सहरी पूर्वाधार, खानी तथा खनिज परियोजनाहरूमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई आह्वान गरे ।

त्यस्तै, चीन चेम्बर अफ इन्टरनेशनल कमर्सका उप-महासचिव सु लियाङले नेपालले आर्थिक वृद्धि र समृद्धिको आकांक्षासहित विदेशी लगानी आकर्षित गर्न गरिरहेको बताए । उनले चिनियाँ लगानीले उक्त आकांक्षा पूरा गर्न मद्दत गर्ने बताए । त्यस्तै, दूतावाससँगकै सहकार्यमा मार्च २८ मा चीनको बेईजीङ प्रोभिन्स को यीवु मा प्री सेमिनार अन नेपाल इन्भेष्टमेन्ट सुमिट एण्ड इक्स्पेण्डिङ इन्टरनेशनल मार्केट विषयक कार्यक्रम आयोजना गरिएको थियो । कार्यालयका शाखा अधिकृत मनोज राउतले लगानी सम्बन्धी सम्पूर्ण प्रक्रियालाई सहजीकरण गर्न उद्योग विभागमा स्थापित एकल बिन्दु सेवा केन्द्र र लगानी बोर्डले अगाडि बढाएको वेभमा आधारित एकल बिन्दु सेवा केन्द्रको विषयमा जानकारी दिएका थिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्