काठमाडौं । साताको दोस्रो कारोबार दिन पनि सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम राखेको छ । लगातार बढेको सुनको मूल्य आज(सोमबार) प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको हो ।
सोमबार छापावाला सुन प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ३० हजार रुपैयाँ कायम रहेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला १ लाख ३० हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख २९ हजार ४ सय रुपैयाँ रहेको थियो ।
साथै, चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । आज चाँदीको प्रतितोला १ हजार ५ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्