Shikhar Insurance
National Life

नारायणी डेभलपमेन्ट बैंककाे बुक क्लोज मिति तय

सिंहदरबार संवाददाता
२०८० चैत्र १९, सोमबार १०:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले २२औं वार्षिक साधारण सभा प्रयोजनको लागि वैशाख १० गते बुक क्लोज गर्ने भएको छ । कम्पनीकाे चैत १५ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार फागुन ९ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा सहभागी हुन् पाउँने कम्पनीले जानकारी दिएको हो ।

कम्पनीको २२ औं वार्षिक साधारण सभा वैशाख १८ गते होटल स्टा चितवन, रत्ननगर टाँडी चितवनमा बिहान ११ः३० बजे बस्ने आव्हान गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा बैंककले सेयरधनीलाई गत आवको मुनाफाबाट लाभांश नदिने भएको छ । सभामा बैंकले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि सभामा पेश गर्नेछ ।

सभामा आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गर्नेछ । बैंकको केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन गर्ने प्रस्ताव पारित गर्नेछ ।

 

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्