Shikhar Insurance
National Life

प्रतिकित्ता ३ सय ३० रुपैयाँमा साना किसान विकास लघुवित्तको सेयर आजदेखि लिलामीमा

सिंहदरबार संवाददाता
२०८० चैत्र १९, सोमबार १०:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर लिलामी बढाबढमार्फत बिक्रीमा ल्याएको छ । कम्पनीले साना किसान कृषि सहकारी संस्था लिमिटेडको स्वामित्वमा रहेको ३० हजार कित्ता सेयर लिलाम बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको न्युनतम मूल्य प्रतिकित्ता ३ सय ३० रुपैयाँ रहेको छ । खरिदकर्ताले न्यूनतम मूल्य वा सोभन्दा वढी मूल्य कबोल गरि बोलपत्र पेश गर्ने सक्ने कम्पनीले एक सूचना मार्फत जानकारी दिएको छ । सेयर खरिदका लागि न्यूनतम १ हजार कित्ता र अधिकतममा ४ हजार कित्ता सेंयरका लागि आवेदन दिन सकिनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, सेयर खरिद गर्ने इच्छुक साना किसान सहकारी संस्था वा अन्य विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी आज (चैत १९ गते देखि वैशाख २३ गतेसम्ममा कम्पनीको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल–काठमाडौं वा संस्थाका शाखा कार्यालयहरु बिर्तामोड, इटहरी, बर्दिबास, हेटौंडा, गजुरी, पोखरा, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, बबरमहल, लहान वा अत्तरियामा आवेदन पेश गर्ने सक्नेछन् ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्