Shikhar Insurance
National Life

महालेखा परीक्षक सिफारिस भएका सचिव राया को हुन् ?

सिंहदरबार संवाददाता
२०८० चैत्र १९, सोमबार ०९:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । संवैधानिक परिषदले आइतबार (चैत १७ गते) सचिव तोयम रायालाई महालेखा परिक्षकमा सिफारिस गरेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयमा कार्यारत सचिव रायालाई परिक्षकमा सिफारिस गरेको हो । अब रायामाथी संसदिय सुनुवाई सुरु हुनेछ । संसदिय सुनुवाई सोमबारदेखी सुरु हुदैछ । यसपछि राष्ट्रपतिले महालेखा परिक्षकमा नियुक्त गर्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

महालेखा परिक्षक कार्यालय एक सवैधानिक अंग हो । यसले देशभर हुने आर्थिक क्रियाकलापहरुको लेखा परिक्षण गर्ने गर्छ । देशभर हुने सरकारी तथा नीजि क्षेत्रको खर्च तथा कारोबार पारदर्शी ढंगबाट भएको छ, या छैन भनि लेखापरिक्षण गर्ने काम गर्दछ ।

पछिल्लो समय महालेखा परिक्षक कार्यालयको प्रभावकारिता बढ्दै गएको छ । कार्यालयले लेखेको बेरुजुले सान्दर्भिकता पाउँदै गएको छ ।

यो नियुक्ति ६ वर्षको हुने भएकाले पनि यस पदलाई महत्वपुर्ण मानिन्छ । एकै पटकको नियुक्ति ६ वर्षको हुने हुदाँ असल र योग्य पात्र छनोट गर्नुपर्ने दबाबमा संवैधानिक परिषद हुने गर्दछ ।

को हुन् प्रस्तावित महालेखा परिक्षक राया  

तोयम राया मोरङ जिल्लाको सुन्दरहरैचा -०९, विराटचोक घर भई हाल काठमाडौँ-३२, पेप्सीकोला निवासी हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासनाचार्य (MBA),  व्यवसाय शास्त्राचार्य (MBS), र  सार्वजनिक प्रशासनाचार्य (MPA)  शैक्षिक उपाधि हासिल गरेका छन् ।

त्यस्तै उनी त्रिभुवन विश्वविद्यालयबाटै कानूनमा स्नातक छन् ।  वि.सं. २०५१ मा शाखा अधिकृतबाट नेपाल सरकारको निजामती सेवामा प्रवेश गरेका उनी वि.सं. २०७६ भाद्रदेखि नेपाल सरकारको सचिव पदमा कार्यरत छन् ।

सचिव पदमा रहेर उनले अर्थ मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, श्रम मन्त्रालय, उप-राष्ट्रपतिको कार्यालयमा काम गरिसकेका छन् ।

हाल उनी राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारीको रुपमा कार्यरत छन् ।  राजपत्रांकित विशिष्ट श्रेणीको सचिवका हैसियतमा उनले वागमती प्रदेशको प्रदेश प्रमुख सचिव भई कार्य सम्पादन गरिसकेका छन् । त्यसैगरी सह-सचिव पदमा उनले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र अर्थ मन्त्रालयको अनुभव सँगालीसकेका छन् ।

साथै, आन्तरिक राजस्व विभाग र भन्सार विभागमा महानिर्देशकलगायत विभिन्न पदमा रही उनले कार्य सम्पादन गरेका छन् । प्रशासकका रुपमा उनले क्रमशः रुपन्देही, भक्तपुर र मोरङ जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा सफल प्रशासक भई कार्य गरिसकेका छन् ।

यसबाहेक कोष तथा लेखा नियन्त्रकको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा लोक सेवा आयोग, केन्द्रीय कार्यालयमा आर्थिक प्रशासन प्रमुखको रुपमा समेत कार्यानुभव रहेको छ ।

शाखा अधिकृत रहँदा उनले जिल्ला प्रशासन कार्यालय कालिकोट, ताप्लेजुङ, तेह्रथुम र  मोरङ  जिल्लामा रहेर सेवा गरेका छन् । त्यस्तै गृह मन्त्रालय अन्तर्गतको विशेष प्रहरी विभाग र राष्ट्रिय सतर्कता केन्द्रमा पनि उनले अनुभव सँगाली सकेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्