Shikhar Insurance
National Life

असार १५ गतेभित्र कमला पुल सम्पन्न गर्न भौतिक पूर्वाधारमन्त्री महासेठकाे निर्देशन

सिंहदरबार संवाददाता
२०८० चैत्र १८, आईतवार १६:३२
Hyundai
NCELL
NIMB

धनुषा । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले असार १५ गतेभित्र कमला पुलको निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् । आज बिहान मन्त्री महासेठले पुलको निरीक्षण गरेका थिए । उनले असार १५ गतेभित्र निर्माण सम्पन्न नभए सरकारले विकल्प खोज्ने चेतावनी दिएका हुन् ।

धनुषा र सिरहाका जनताले यतिका दिन दुःख भोग्यो अब भोग्न दिन्न उनले भने करिब १३ वर्षदेखि निर्माणाधीन यो पुलको पुनःनिर्माण समयमै सम्पन्न गर्नुप¥यो । नेपाल सरकारले पनि निर्माणाधीन योजनालाई समयमै सम्पन्न गर्ने नीति लिएकोउनले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्री महासेठ आज जनकपुरधाम आएलगत्तै कमला पुलसँगै हुलाकी सडकको निरीक्षण गरे । उनले मधेसको लाइफलाइन मानिने हुलाकी सडकको निर्माण यथाशीघ्र सम्पन्न गराएर जनतालाई सास्ती भोग्नबाट मुक्त गराउने प्रतिबद्धता जनाए ।

उनले धनुषाको औरहीलगायतका ठाउँमा निर्माण हुन बाँकी सडकको निरीक्षण गरेका छन् । बन्न बाँकी सडक र पुल समयमै निर्माण सम्पन्न गर्न उहाँले ठेकेदारलाई निर्देशन दिए । ठाउँठाउँमा सडक र पुल निर्माणको काम सम्पन्न नभएर हुलाकी सडक सञ्चालनमा आउन सकेको छैन ।

कमला पुल निर्माणको ठेक्का सम्झौता भएको १० वर्षपछि सम्पन्न भए पनि उद्घाटनको एक महिना अगाडि गत असार १८ गतेको बाढीले भासिएको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्