Shikhar Insurance
National Life

भारत-नेपाल लोक शिल्प मेला मार्च २८ देखि अप्रिल १ सम्म

सिंहदरबार संवाददाता
२०८० चैत्र १८, आईतवार १६:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । भारत-नेपाल लोक शिल्प मेला मार्च २८ देखि अप्रिल १ सम्म आयोजना हुने भएको छ । मेला हरेक दिन १०:०० बजे देखि ७:०० बजे सम्म छाया सेन्टर, ठमेल, काठमाडौंमा हुने भएको हो ।

भारत-नेपाल शिल्प मेला (आईएनसीएफ) दक्षिण एशिया फाउन्डेशन (एसएफ) को एक पहल हो, जसले शिल्पमा आधारित द्विपक्षिय सम्बन्धहरुको प्रोत्साहन गर्दछ र भारत र नेपाल बीचको शिल्प र संस्कृतिको आदान-प्रदान कार्यक्रमलाई बढाउँछ । सम्पूर्णका लागि खुला यस मेलाको अवलोकन निःशुल्क गर्न पाइने आयोजकले जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मेलामा विभिन्न शिल्पको लाइभ प्रदर्शनीको साथै ५ दिने अनौपचारिक प्रदर्शनीका साथ, भारत र नेपालका शिल्पकर्मीहरूद्वारा बनाइएका अनौपचारिक आर्टिफेक्टहरू हुनेछ । व्यापार सुविधा, सांस्कृतिक कार्यक्रमहरू, शिल्प प्रदर्शनको लाइभ डेमन्स्ट्रेशन, डिजाइन वर्कशपहरु, भारत र नेपालका लोक कला र शिल्प, र साथमा वाराणसीको आकर्षक शिल्प समेत, मेलाको आकर्षणका रुपमा रहने आयोजकले जनाएको छ ।

शिल्प मेला-आईएनसीएफ-२०२४ भारतको राजदूतावास, काठमाडौं, नेपालको राजदूतावासको प्रायोजनमा साथै विभिन्न नेपाली प्रायोजकहरु द्वारा प्रयोजन गरिएको छ । दक्षिण एशिया फाउन्डेशन र एसएएफ-नेपालको आयोजना र फेडरेशन अफ ह्याण्डिक्राफ्ट एसोसिएसन अफ नेपाल (एफएचएएन) र सार्क व्यापार संघको घरेलु काममा आधारित कामदारहरूको नेपाल च्याप्टर एसएबीएएच नेपालले आईएनसीएफ(२०१६मा संयुक्त सहकार्य गर्ने भएको ।

यस मेलामा ३५ भन्दा बढी शिल्पकर्मीरशिल्प सहित नेपालका विभिन्न भागहरूबाट २० भन्दा बढी शिल्पकर्मीहरू सहभागी हुनेछन्। यस्ता अन्तरदेशीय सांस्कृतिक मेला, नेपाल र भारत बीचको कला र शिल्पकला क्षेत्रमा एक प्रभावकारी सहकार्य हो र थप व्यापक सहकार्यका लागि एक सुवर्ण अवसर पनि हो, जसले शिल्पकर्मीहरूलाई विचारहरू विनिमय गर्ने र वृहत सहकार्यको खोजि अन्वेषण गर्दै भारत र नेपाल बीचको व्यापारको समेत प्रोत्साहन गर्दछ।

GBIME

प्रतिक्रिया दिनुहोस्