काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७.३० अंकले घटेर २०१८.३३ मा पुगेको हो ।
आज ३१६ कम्पनीको ७९ लाख ५७ हजार ६ सय ५९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २० करोड ५३ लाख ३२ हजार ३ सय २४ रुपैयाँ कारोबार भएको छ ।
आज १ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको सेयरमा सर्किट लागेको हो ।
साथै, गरिमा डेभेन्चर-२०८५ को ८.०८ प्रतिशत, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको ७.७४ प्रतिशत, ज्योति विकास बैंक वोण्ड -२०८७ को ७.५३ प्रतिशत सहित ८८ कम्पनीको सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्