काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७.३० अंकले घटेर २०१८.३३ मा पुगेको हो ।
आज ३१६ कम्पनीको ७९ लाख ५७ हजार ६ सय ५९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २० करोड ५३ लाख ३२ हजार ३ सय २४ रुपैयाँ कारोबार भएको छ ।
आइतबार सबैभन्दा धेरै सर्वोत्तम सिमेन्ट लिमिटेडको कारोबार भएको छ । आज कम्पनीको २८ करोड ६८ लाख ९३ हजार ३ सय ३१ रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ९ सय ७४ रुपैयाँ रहेको छ ।
साथै, आज २०७ कम्पनीको सेयर मूल्य घट्दा ८८ कम्पनीको बढेको छ भने १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज १ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने १ कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्