Shikhar Insurance
National Life

सिङ्गटी हाइड्रोको लिलामी सेयर भर्ने अवधि २ दिन बाँकी

सिंहदरबार संवाददाता
२०८० चैत्र १८, आईतवार १४:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । सिङ्गटी हाईड्रो इर्नजी लिमिटेडको सर्बसाधारणतर्फको लिलामी सेयरमा आवेदन दिने अवधि २ दिन मात्रै बाँकी रहेको छ ।

आवेदन दिने अन्तिम मिति नजिकिएसँगै बोलपत्र आवेदन फारम पाईने र बुझाउँने स्थानमा लगानीकर्ताको भीड लागेको कम्पनीले जनाएको छ । सिङ्गटी हाईड्रो इर्नजीको सर्वसाधारण तर्फको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन चैत २० गते अर्थात आगामि मंगलबारसम्म रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले चैत १२ गतेदेखि ४६ लाख ११ हजार ५३५ कित्ता सेयर लिलामी मार्फत बिक्री खुल्ला गरेको छ । ईच्छुक लगानीकर्ताले मुक्तिनाथ क्यापिटलको प्रधान कार्यालय नक्सालबाट, मुक्तिनाथ विकास बैंकको शाखा कार्यलयहरु ठिमी भक्तपुर, कुमारीपाटी ललितपुर, विर्तामोड विराटनगर, धरान, विरगंज, जनकपुर, हेटौडा, नारायणगढ, चिप्लेढुङ्गा पोखरा, बेनी, बुटवल, घोराही दाङ, नेपालगंज, सुर्खेत, महेन्द्रनगर र सिन्धु विकास बैंकको चरिकोट र दोलखा शाखाबाट पनि आवेदन दिन सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्