Shikhar Insurance
National Life

निर्माणाधीन आयोजनाहरु छिटो सम्पन्न गर्न नयाँ सोचका साथ काम गर्दैछौँ : भौतिक पूर्वाधार महासेठ

सिंहदरबार संवाददाता
२०८० चैत्र १८, आईतवार १४:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले निर्माणाधीन आयोजनाहरु छिटो सम्पन्न गर्नका लागि नयाँ सोचका साथ काम गरिरहेको बताएका छन् । आइतबार सिरहा र धनुषा जोड्ने कमला नदीको पुल निरीक्षणका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले निर्माणाधिन योजनाहरु पहिलो चरणमा सम्पन्न गर्ने नयाँ प्रकारको सोचसहित सरकार अघि बढिरहेको बताए । उनले पुल, सडक लगायतका निर्माणाधिन आयोजनाहरु पहिलो चरणमा सम्पन्न गरेपछि मात्रै नयाँ योजना अघि सार्ने रणनीतिसहित आफूहरु अघि बढेको बताए । उनले आगामी असार मसान्तभित्र कमला नदीको पुल र हुलाकी राजमार्गको काम पूरा गर्न निर्देशन दिए । असार मसान्तसम्म काम पूरा नभए सडक विभागले कुनैपनि कदम चाल्ने चेतावनी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

निरीक्षणका क्रममा हुलाकी राजमार्ग योजना कार्यालय, जनकपुरका योजना प्रमुख कृष्णकुमार महतोले राजपत्रमा प्रकाशित हुन नसक्दा र लगत कट्टा हुन नसक्दा समस्या झेल्नुपरिरहेको बताए । उनले सडक सीमाना स्पष्ट नहुँदा पनि कतिपय समस्या सिर्जना आइरहेका बताए । हुलाकी सडकअन्तर्गत अहिले १६ वटा स्टे अर्डरसहितका २६ वटा मुद्दाहरुको सामना गरेर काम अघि बढाइरहेको बताए ।

उनले निर्माण सामग्री समयमा नआइपुग्ने, विद्युतका पोलहरुको समस्या, स्थानीय तहको मातहतबाट निर्माण सामग्री लिनुपर्ने कारणले गर्दा केही ढिला भएको बताए ।

न्युज एजेन्सी नेपाल

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्