Shikhar Insurance
National Life

न्यायाधीशहरुको आचरण छानविन गर्न संसदीय समिति बनाउनुपर्ने सांसद सिंहको माग

सिंहदरबार संवाददाता
२०८० चैत्र १८, आईतवार १३:४३
Hyundai
NCELL
NIMB

काठमाडाैं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले न्यायाधीशहरुको आचरण छानवीन गर्न संसदीय छानवीन समिति गठन गर्न माग गरेका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा आकस्मिक समयमा बोल्दै प्रतिनिधि सभा सदस्य सिंहले न्यायपालिकाले पहुँचको आधारमा निर्णय गर्ने गरेको बताएका हुन् ।

उनले न्यायपालिकाको निर्णय प्रक्रिया कानूनसम्मत र संविधानसम्मत हुनुपर्ने बताए । उनले व्यक्तिको प्रभावको आधारमा मुद्दा फैसला हुने गरेको भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरुको मोबाइल रेकर्ड हेरिनुपर्ने बताए । उनले न्यायाधीशरुको आचरणको छानविन गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने बताए । उनले कयौँ मुद्दाहरुलाई वर्षौंदेखि पेशी नदिने तर कुनैलाई जबर्जस्ती छिटोभन्दा छिटो फैसला गर्ने गरिएको भन्दै उनले यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले न्यायपरिषद्मा धेरै उजुरी पर्ने गरेको भएपनि छानविन नहुने गरेको भन्दै यसतर्फ कानूनमन्त्रीको ध्यानाकर्षण गराए ।

न्युज एजेन्सी नेपाल

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्