Shikhar Insurance
National Life

न्युनतम १ सय रुपैयाँमा एचआईडीसीएलकाे १ करोड ७८ लाख कित्ता सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८० चैत्र १८, आईतवार ११:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले संस्थापक सेयर लिलामिमार्फत बिक्रीमा ल्याएको छ ।

कम्पनीले संस्थापक सेयरधनी समूह ‘क’ उपसमूह क–२ को ‘अन्य संस्थापक’ अन्तर्गत अवितरित हकप्रद सेयरमध्ये लिलाम बढाबढ प्रकृयामार्फत बिक्री नभएको १ करोड ७८ लाख ४० हजार १ सय ४० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा बढीको लागि अधिकतम सम्पूर्ण शेयर संख्याको लागि आवेदन दिन सकिनेछ ।

उक्त सेयर खरिदकाे लागि जाेकाेहि व्यक्ति वा अन्य संघसंस्थाहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको चैत २५ गतेदेखि वैशाख ९ गतेसम्ममा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौं वा ग्लोबल आइएमई बैंकको शाखा शंखमूल नयाँ बानेश्वर–काठमाडौं, विर्तामोड–झापा, हनुमानदास रोड, विराटनगर–मोरङ, जनकपुरधाम–धनुषा, आदर्शनगर, वीरगञ्ज–पर्सा, हेटौँडा–मकवानपुर, नारायणगढ–चिवतन, न्यूरोड, पोखरा–कास्की, मिलनचोक, बुटवल–रुपन्देही, बाग्लुङ्ग बजार–बाग्लुङ्ग, त्रिभुवन चोक, नेपालगञ्ज–बाँके, विरेन्द्रनगर–सुर्खेत, घोराही–दाङ, धनगढी–कैलाली र महेन्द्रनगर–कञ्चनपुर शाखा कार्यालयहरुमा आवेदन पेश गर्ने सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्